पोखरा ।।
आर्थिक वर्ष २०७९/ ८०को पोखरा महानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा कमजोर देखिएको छ ।प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार ६ वटा महानगरमा पोखरा महनगरपालिका सबै भन्दा कमजोर देखिएको हो ।
आगामी आव २०८१र८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेश र स्थानीयतहको मूल्यांकन गरेको छ । आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक भतरपुर महानगरले ल्याएको छ भने सबैभन्दा कम अंक पोखरा महानगरपालिकाले पाएको छ । भरतपुर महानगरपालिकाले ५६ दशमलब २९ प्राप्त गर्दा पोखरा महानगरपालिकाले २० दशमलव ७४ अंक पाएको छ ।
त्यसै गरी काठमाडौं महानगरपालिकाले ३९ दशमलव २, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ र ललितपुर महानगरपालिकाले २५ दशमलव १८ अंक पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-