पाेखरा ।।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले छात्रा स्मृती पोख्रेललाई न्याय दिन पृथ्वी नारायण क्याम्पस प्रशासनसंग आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै परिक्षा हलमा उपस्थित विद्यार्थीको निरिक्षकले नियोजित र षडयन्त्रपूर्वक ढङ्गले हाजिर काटिएको भन्दै निरीक्षकमाथी कार्वाही गर्न आग्रह गरेको हो ।
गत बैशाख २६ मा क्याम्पसको हल नं. ४११ मा सञ्चालित स्नातक तह पहिलो वर्षको ऐच्छिक अङ्ग्रेजी ( ४२१) को परीक्षामा छात्रा स्मृती पोखरेलको उपस्थित भएको तर हाजिरी रजिष्ट्रारमा केरेर अनुपस्थित बनाइ नतिजा प्रकाशन गरेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति कास्कीले उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अनुपस्थित भएको देखिए पछि क्याम्पस प्रशासनसँग सोधपुछ गर्दा प्रशासनले विभिन्न बहानाबाजी गरेको र समस्या समाधानको पाटो देखाउन आनाकानी गरेपछि विज्ञप्ति सहित चेतावनी दिएको क्याम्पस जिल्ला समिति कास्कीका संयोजक मनिष रेग्मीले जानकारी दिए ।
संगठनले परीक्षा हलमा सम्मिलित निरिक्षकले नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले हाजिर काटेको भएपनि क्याम्पस प्रशासनले उक्त निरिक्षक र घटनालाई ढाकछोप गरी विद्यार्थीको भबिष्य अन्योलमा पार्ने काम भएको जनाएको छ ।
तत्काल निष्पक्ष रुपले छानबिन गरी उक्त निरिक्षकलाई कारवाहीको प्रकृयामा अगाडी बढाउन माग राखेको छ ।
विज्ञप्तिमा भनिएको छ, “छात्राको भविष्य माथि खेलवाड नगरी छात्राको न्यायको निम्ति प्रकृया अगाडी नबढाए या यस विषयलाई गम्भीरताका साथ नहेरी उक्त निरिक्षकलाई कारवाहीको दायरामा नल्याई लुकाउने प्रयास क्याम्पस प्रशासनले गर्छ भने हाम्रो संगठन संघर्ष गर्न बाध्य हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-