पोखरा ।।
“आत्मा साक्षी राखी मन, बचन र कर्मले सहयोग गरौ” भन्ने मूल उधेश्यका साथ पोखरा महानगरपालिका वडा नम्बर २० भलाम, मौजा, पिपलडाली मा अबस्थित श्री जनजागरण सामुदायिक विकास केन्द्रले यहि फाल्गुन २५ गते शिब रात्रीका दिन दोस्रो अधिबेशन तथा चौथो साधारण सभाको अबसरमा मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि पोखरा -२० वडा स्तरिय खुल्ला दोस्रो भजन चुड्का प्रतियोगिताको आयोजना गरेको संस्थाका अध्यक्ष शिव प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागी भजन मण्डलीबाट प्रथम हुनेलाई रू १५००० र प्रमाणपत्र, दितियलाई रू १०००० र प्रमाणपत्र, तृतीयलाई रू ५००० र प्रमाणपत्र, सान्तवनालाई रू ३००० र प्रमाणपत्र साथै उत्कृष्ट नृत्य गर्ने दुई जनालाई एक- एक हजार र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनु भयो । संस्थाले बिगतका दिनहरूमा पनि समाजमा अग्रपंक्तिमा रही विभिन्न कार्यक्रमहरू साथै समाज सेवा गर्दै आएको छ ।
संस्थाले यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि आ- आफ्नो ठाउँबाट आफूले सक्दो सहयोग गर्न पनि आव्हन गरेको छ । भने कार्यक्रमलाई भव्य सफल बनाउन सबै जना तिब्र रूपमा अगाडि बढेको जानकारी दिनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-