पोखरा ।।
पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले अाज उद्घाटन गरेका हुन् ।
५ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुनेछ ।
प्रतियोगिता उद्घाटनपछि उपाध्यक्ष गुरुङले खेलाडी उत्पादनमा प्रतियोगिताको भूमिका उत्कृष्ट रहने बताए ।
प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।
उनले आगामी दिनमा समेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिदैं आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन भेट्रान्सतर्फको ४ खेल भएको प्रतियोगिता संयोजक रनसिंह गर्बजाले जानकारी दिएका छन् ।
पहिलो खेलमा एक्स एबिसीले अर्चलबोटलाई ६९—३३ स्कोरले पराजित ग¥यो । दोस्रो खेलमा लामाचौरले रामबजारलाई ५४—४३ ले हरायो । त्यसपछिको खेलमा लामाचौरले सात गाउँ पुन मगर समाजलाई ५४—४६ ले जित्न सफल भएको छ । अन्तिम खेलमा अर्चलबोटलाई कास्की भेट्रान्सले ५६—४२ ले जितेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
बुधबार भेट्रान्सतर्फ सात गाउँ पुन मगर समाज र रामबजारबिच पहिलो खेल हुनेछ । त्यस्तै पुरुषतर्फका खेल हुने उनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि र मेडल प्रदान गरिने छ भने द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यस्तै भेट्रान्सतर्फ प्रथम हुनेले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फकाे विजेताले भने २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-