पाेखरा ।।
गण्डकी प्रदेश सभाको चालु अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयकी अधिकृत प्रमिला गौतमले जानकारी दिएकी छन् ।
आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो ।
यससँगै प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो ।
विशेषगरी केन्द्रमा गठबन्धन बदलिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै माओवादी केन्द्रले पाण्डे नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसले पाण्डे सरकार अल्पमतमा परेको छ । यहि कारण पनि गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-