पोखरा ।।
प्रथम पोखरा खुल्ला पौडी प्रतियोगिता (First Cross Lake open Swimming Competition-2081) अायाेजना हुने भएको छ ।
बैशाख २९ गते अन्तिम शनिबारका दिन साे प्रतियोगिता बिहान फेवातालमा हुने भएको हाे ।
५०० मिटर खुल्ला पौडी प्रतियोगितामा नेपाली खेलाडीको महिला र पुरुषको दुई खेल हुनेछ । यसै गरी विदेशी खेलाडीहरुका लागि “Swim for fun” प्रतियोगिता हुने छ ।
गण्डकी प्रदेश पौडी संघको आयोजना, पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग र पोखराका विभिन्न पर्यटन संघ संस्थाको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो ।
संघले पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनको प्रर्वद्धन गर्ने एक जिवन उपयोगी सिप पौडी खेलप्रति सर्वसाधरणको रुची बढाउन, खेलको विस्तार र स्तर वृद्धि गर्न , खेलाडी तथा प्रशिक्षकहरुको हकहित र कल्याणका लागी आवश्यक कार्य गर्न गराउन ,फेवातालमा पौडी खेल्न उपयुक्त छ भनी पर्यटकलाई खेलमा सहभागि गराउनका लागि प्रतियोगिता अायाेजना गर्न लागेकाे संघले बताएको छ ।
यस्तै संघका अनुसार पर्यटकीय राजधानी पोखराको फेवातालमा पौडीको विकासका लागी हरेक बर्ष कार्यक्रम गरी पौडी पर्यटनको विकास, विस्तार, प्रचार तथा प्रसार गर्ने लगायतका उद्देश्यले पनि यस प्रतियोगिता आयोजना हुने भएको हाे । साथै प्रतियोगिताले फेवाताल संरक्षण तथा पर्यटकीय स्थल पोखराकै गौरव बढाउने अपेक्षा समेत राखिएको छ ।
गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुँवरले पौडी खेल प्रतियोगिताको सुरूवातले ताल खेलकुद र पर्यटन विकासमा सहयोग गर्ने बताएका छन् ।
वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले अथाह सम्भावना भएको यस क्षेत्रमा हरेक क्रियाकलापलाई पर्यटनसँग जोड्न सकिने बताए।
होटल संघका अध्यक्ष लक्षमण सुवेदीले पौडी संघले पौडी खेल र डुङ्गा व्यवसायीले डुङ्गा रेसलाई निरन्तरता दिनुपर्ने बताए ।
पर्यटन व्यवसायी गणेश भट्टराई ताल संरक्षण गर्न तीनै तहको सरकार लाग्नु पर्ने र वडाले तालमा अवैद्य गतिविधि गर्ने ढल मिसाउने र ताललाई प्रदूषण गर्ने जो कोहीलाई निर्मम भई कार्वाही गर्न सके ताल संरक्षण हुने बताए ।
प्रतियगिता “पर्यटकीय राजधानी पोखराको पहिचान फेवातालमा स्वास्थ्यका लागि पौडी, राष्ट्रका लागि खेलाडी र पर्यटन पर्वद्धनमा हाम्रा ताल र पौडी” भन्ने नारा सहित पहिलो पटक आयोजना हुन लागेको हो ।
महिला र पुरुष दुवै तर्फ प्रथम हुनेले जनही नगद दश हजार रुपैँया, अर्वाड तक्मा र प्रमाण-पत्र प्राप्त गर्ने छन । यसैगरी द्वितीय र तृतीय हुनेले क्रमशः नगद आठ हजार र पाँच हजार साथै तक्मा र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।
विदेशी खेलाडीहरुको लागि Swim for fun प्रतियगिताको प्रथम खेलाडीले कुपन, अर्वाड तक्मा र प्रमाण-पत्र पाउने छ भने द्वितीय र तृतीय हुनेले क्रमशः कुपन, तक्मा र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।
वडा कार्यालयबाट फाराम भरी निःशुल्क दर्ता गर्न सकिने बताउँदै संघका सचिव अनिल थापाले प्रतियगितामा नेपाली र विदेशी गरी १०० जना खेलाडीको सहभागिता रहने अनुमान गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-