काठ्माण्डाैं ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उहाँहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको स्राेतले जनाएको छ ।
त्यस्तै भेटवार्तामा प्रमुख प्रतिपक्षक दल कांग्रेसका नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका मुद्दाकाबारे जानकारी गराएकाे पनि बताइएकाे छ ।
स्राेतका अनुसार कांग्रेसका मागका बारेमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको जनाइएकाे छ ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।
यस्तै सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति देउवासहितका नेताहरुसँग आज छलफल गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-