पोखरा ।।
अमरदिप सामुदायिक बिकास समाज पोखरा १६ ले अमरदिप जेष्ठ नागरिक दिवा सेवा संचालन गरेकाे गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाेखरा महानगरपालिका वडा नं. १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना रहनु भएको थियो । बिशेष अतिथी दिप युनाईटेड क्लबका अध्यक्ष खेमराज आचार्य, नवआदर्श सामुदायीक बिकास समाजका अध्यक्ष स्वागतमान सिंह भण्डारी,हिमालयन क्लवका अध्यक्ष शुशिल बस्नेत,जिवन बिज्ञान गण्डकी प्रदेशका गंगालाल पाेख्रेल रहनु भयो । अतिथीमा अमरदिप आमा समुहका अध्यक्ष चन्द्रशाेभा गुरुङ्ग, डाँडाथाेक आमा समुहका अध्यक्ष बिन्दु थापा, घाटीपाटन टाेल बिकास संस्थाका अध्यक्ष रुद्र बहादुर थापा, डाँडाथाेक टाेल बिकास संस्थाका अध्यक्ष राेहन थापा रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य अमरदिप सामुदायीक बिकास समाजका उपाध्यक्ष धर्मराज थापाले राख्नु भएको थियो । भने एन्जिला थापा र अपिसा थापाले नृत्य गरि कार्यक्रममा स्वागत गर्नु भएको थियो ।
अमरदिप सामुदायिक बिकास समाज पाेखराले वडा १६ मा बसोबास गर्ने जेष्ठ नागरिकहलाई यही जेठ २० गते देखी अमरदिप जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क फिजियाेथेरापी सेवा लिन सक्ने व्यवस्था गरेको साथै यस समाजबाट संचालन हुने अमरदिप जेष्ठ नागरिक दिवा सेवा केन्द्रबाट सेवा लिनुहुने जेष्ठ
नागरिकहरुको बढदाे आक्रषणलाई मध्यनजर गरि स्थानिय टाेलबासी, नेपाल सरकारका पुर्व मन्त्री कुमार खड्काले आफ्ना स्वर्गिय बुबाआमाकाे सम्झनामा १ बर्ष सम्म जेष्ठ नागरिकका लागी चिया र बिस्कुटकाे ब्यवस्था गर्ने घाेषणा गर्नुभयो । त्यसै गरि स्थानिय बासी, समाजसेवी सन्दीप थापाले आफ्ना बुबाआमाकाे सम्मानमा १ महिनाका लागी खाजाकाे ब्यवस्था गर्ने, स्थानिय अमरदिप बासी किरण कुमारी थापाले आफ्ना स्वर्गिय बुबाआमाकाे सम्झनामा यस संस्थाका जेष्ठ नागरिकका लागी फरक फरक मनाेरन्जनका कार्यक्रम हेर्नका लागी नेट जडान गर्नुको साथै १ बर्षकाे नेटकाे बिल तिर्ने घाेषणा गर्नु भएको अमरदिप सामुदायिक बिकास समाजका सचिब संदिप थापाले जानकारी दिनु भयो ।
साथै अमरदिप सामुदायिक बिकासबाट जेष्ठ नागरिक दिवा सेवा केन्द्रको पहिलो दिनको कार्यक्रमा
अमरदिप सामुदायीक बिकास समाज पाेखरा १६ बाट अमरदिपमा रहेकाे बहुउदेश्यिय भवन, जेष्ठ नागरिक हल र सभाहल बाट सामाजिक कार्यहरु गर्न लागेकाे र
बिहान ५ बजेदेखी ६:३० बजेसम्म जिबन बिज्ञान सम्बन्धि याेगा कार्यक्रम, बिहान ७ बजेदेखि ९:३० बजेसम्म युवाहरुका लागि ब्याटमिन्टन खेल, टेवलटेनिस खेल, चियस खेल कार्यक्रम, बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम,बेलुकी ५ बजेदेखि ७ बजेसम्म बालबालिका लक्षीत ब्याटमिन्टन खेल, टेवलटेनिस खेल, चियस खेल कार्यक्रम,बेलुकी ७ बजेबाट ९ बजेसम्म महिलाहरुका लागि क्षमता अभिबृद्दि कार्यक्रम, मनाेरन्जनका कार्यक्रम, खेलकुदका कार्यक्रमको घोसणा गरेका थिए । भने दाेस्राे दिन १८ जना, तेस्राे दिन २७ जना जेष्ठ नागरिकले फिजियाेथेरापी सेवा लिएका छन् त्यसै गरि चाैथाे दिन ३७ जना र पाँचौं दिन ३५ जना भन्दा बढी जेष्ठ नागरिकहरूले भजनक्रितन, टेलिभिजनबाट भयकाे बाचन एवं फिजियाेथेरापी सेवा लिएका छन् ।
अमरदिप सामुदायिक बिकास समाज पाेखरा १६ का अध्यक्ष नवराज थापाकाे अध्यक्षतामा भयको कार्यक्रमको संचालन समाजका सचिव संदीप थापाले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-