पोखरा ।।
विश्व वातावरण दिवसको अवसरमा धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा अायाेजित चित्रकला प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
“पृथ्वीको लागि कला ः रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका अायाेजित उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हाे ।
पोखरा विश्वविद्यालयकाे प्राङ्गणमा भएको उक्त प्रतियगिता तथा प्रदर्शनी कार्यक्रममा रबिना बस्नेत प्रथम, सिम्रन परियार द्वितीय, विभुती पौडेल तृतीय र दिपक काउचा सान्तोना भएको थियाे ।
साे कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउदैं चित्रकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा प्रमुख निर्णायककाे भुमिकामा निर्वाह गरेका विश्वकला यात्री प्राज्ञ नगेन सिहंले ललितकला देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताएका थिए ।
यस्तै धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकास जङ्ग कुँवरले चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको र सहभागी सबैको कलालाई बजारमा नगेन आट्र्स मार्फत ल्याइने जानकारी दिए । साे प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया लेख्नुहोस्:-