सन्तोष पराजुली
पोखरा । बर्षातको समयमा बाढी र पहिरोका कारणले गर्दा देशैभरि को जनजीवन प्रभावित भइरहेको छ। प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने यो ज्वलन्त उदाहरण हो। हामीले प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि सावधानी अपनाउन भने पक्कै सक्छौं। त्यसैले हामी जहाँ छौँ सुरक्षित तरिकाले रहन जरुरी रहेको छ।
प्राकृतिक प्रकोपको पीडा एकातिर छ भने एकातिर छ भने पर्यटकीय राजधानीको ट्याग पाएको पोखरा सहरको अवस्था हेर्न लायकको छ। फेवातालको दूरदशा उत्तिकै दर्दनाक छ भने मुख्य सडकहरूको अवस्था पनि उत्तिकै दयनीय छ।
पोखराको मुख्य सडकहरुकै विभिन्न ठाउँमा खाल्डाखुल्डी र बिग्रेको सडका कारण दुर्घटनाको जोखिम बढिरहेको छ। बिशेषगरि बर्षातका बेला पानीको भेलले खाल्डाखुल्डी नै नदेखिने भएकाले दुर्घटनाको जोखिम उच्छ रहेको छ।
सम्बन्धित निकायले विभिन्न कामको लागि सडक खनिसकेपछि फेरि पिच गर्न जान्दैनन्। विशेषगरी सडक कसले खनिरहेको छ के कामको लागि खनिरहेको छ र सडक खनिसकेपछि कसले पुर्ने हो वा पिच गर्ने हो भन्ने कुरामा नै जनता अन्योलमा रहेका हुन्छन्। यसरी खनिएको कति सडक पिच गर्न नै वर्षौं लाग्ने गर्छ त कति सडक पिच नै नगरी त्यसै छोडिन्छ त कति माटोले मात्र पुरिन्छ।
हामी जनताहरू पनि उस्तै नै छौं,फेवातालको अवस्था नाजुक छ बाटोघाटोको अवस्था दर्दनाक छ भन्ने देख्दा देख्दै स्थानीय सरकारलाई दबाब दिनुको साटो पर्यटकीय राजधानी घोषणा हुने भयो भनेर खुसी भएर हेर्न जान्छौं।
सडकमा भएको खाल्टाखुल्टी पुर्नु वा पिच गर्नु सामान्य कुरा हो। धेरै लगानी लाग्ने कुरा पनि होइन। सरकारले चाह्यो भने रातारात पिच गर्न सक्छ भन्ने जोलन्त उदाहरण हामी काठमाडौँको न्युरोडलाई लिन सक्छौँ।त्यसैले सम्बन्धित निकायले सडक बनाउन वा पिच गर्न नचाहेको हो वा बेवास्था गरेको हो भन्ने अनुमान हामी सजिलै लगाउन सक्छौँ।
जनताले यस्तो सास्ति भोगिरहनु पर्दा पनि सरकारको तमासा यसरी नै चुप लागेर हेरेर बसिरहनुपर्ने हो त?
प्रतिक्रिया लेख्नुहोस्:-