पाेखरा ।।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले पत्रकारलाई कुट्नुपर्ने भनि दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ गण्डकीले जारी गरेकाे विज्ञप्तिमा यातायात व्यवसायीहरुको आन्दोलनका क्रममा पत्रकार माथि भएको कुटपिटको विषयलाई लिएर कानून कार्यान्वयनको जिम्मेबार तहमा बसेको मन्त्रीबाट नै अर्को पत्रकार कुट्नुपर्ने भन्दै आएकोे अभिव्यक्तिले सबै पत्रकार असुरक्षीत भएको महसुस भएको भनिएकाे छ । उक्त विज्ञप्तिमा मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रकै विरुद्धको यसअभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले खेद प्रकट गरेकाे छ ।
जिम्मेवार मन्त्रीले दिएको यो अभिव्यक्तिले ‘गण्डकी प्रदेश सरकारको पत्रकार प्रतिको दृष्टिकोण नै सार्वजनिक भएको त होइन ?’ भन्ने प्रश्न समेत उब्जिएको विज्ञप्तिमा भनिएकाे छ । यस्तो अभिव्यक्ति दिने मन्त्री उपर कारबाही गर्दै कानूनी राज्यको प्रत्याभूति दिन गण्डकी प्रदेश सरकारसंग महासंघले जारी गरेकाे विज्ञप्तिमार्फत जोडदार माग पनि गरेकाे छ ।
राइड सेयरिङका विरुद्धमा यातायात व्यवसायीको आन्दोलनको क्रममा आइतबार बिहान पत्रकार विनु थापा र सुरज थापा माथि सांघातिक आक्रमण भएको थियो ।
उक्त आक्रमणको विषयमा पत्रकारलाई नै दिएको प्रतिक्रियामा मन्त्री गुरुङले अाफ्नाे कार्यकक्षमा अाएर मन्त्रालयकाे चिया पिएर अाफुले गञ्जी लगाएको तस्बिर सार्वजनिक गरेको भन्दै अनलाईन खबरका गण्डकी व्युरो प्रमुख अमृत सुवेदीलाई आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-