पाेखरा ।।
पोखराका होटलहरुले चाडपर्वलाई लक्षित गर्दै विभिन्न प्याकेज तथा छुट अफर घाेषणा गरेकाे छ ।
होटल संघ पाेखरा नेपालले पोखरामा मंगलबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै चाडपर्वलाई लक्षितगरी संघमा सदस्य अन्तर्गतका होटल प्रतिष्ठानमा बडादशैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेकाे जानकारी दिएकाे हाे ।
संघका अध्यक्ष लक्ष्मण सुुवेदीले यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरेका छन् ।
उनका अनुसार संघले विगत केही वर्षदेखि भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यता अनुरूप विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे बताएका छन् ।
अध्यक्ष सुवेदीले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशतसम्म छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा गरेकाे बताए ।
गत वर्ष यहि समयमा होटल अकुपेन्सी ६० प्रतिशत रहेकाेमा अहिले जम्मा ४० प्रतिशत मात्र रहेकाे बताउँदै अध्यक्ष सुवेदीले दशैं लगतै अकुपेन्सी ८० प्रतिशत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
यस्तै उनका अनुसार चाडबाडकै सेरोफेरोमा विभिन्न महोत्सवको आयोजना समेत गरिएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-