पोखरा ।।
कास्कीबाट विभिन्न पेसा व्यवसाय गर्न कतार गएका नेपालीहरुद्वारा स्थापित सामाजिक संस्था कास्की आदर्श समाज कतारले पोखरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पहिलो रक्तदाता कार्यक्रम संयोजक अमृत विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम उद्घाटन गरेका थिए । उनले सामाजिक सेवा कार्यमा वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पोखराका रक्तदान अभियन्ता क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले विदेशमा रहेर पनि जन्मभूमिको माया, सामाजिक कार्य हुनु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वर्षमा ४ पल्टसम्म रक्तदान गर्ने बानीको विकाससँगै मानवीय कार्य हुने जनाए ।
आकस्मिक रक्तदाता समूहका संयोजक नेत्र ढकालले रगतको विकल्प कुनै औषधी नभएकाले रक्तदान गर्न आह्वान गरे । कास्की आदर्श समाज नेपालका अध्यक्ष,कास्की आदर्श समाज कतारको पुर्ब अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक सह-सचिव हंशराज ढकाल, संस्थाका संस्थापक सचिव तथा पुर्ब अध्यक्ष तिलकशाली सापकोटा, ले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष कृष्ण भण्डारीको श्रीमती नारायणी थापा भण्डारीले गरेकी थिन् । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रममा ४८ युनिट रगत संकलन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-