खाेटाङ ।।
नाैँ महिना अगाडि अमेरिकका गएका खाेटाङ जिल्ला साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल हालसम्ममा पनि वडा कार्यालयमा नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
यतिका लामाे समयसम्म पनि वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन समयावधी पनि दिएको थियो । तर उनलाई दिएकाे समयसिमा भित्र पनि नफर्केपछि अाफुहरुले बाध्य भएर तालाबन्दी गर्नु परेकाे पूर्ववडाध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको बताएका छन् ।
कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाअध्यक्ष हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-