पाेखरा ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार भयो भनेर भ्रामक खबर फैलाइएको प्रति कास्की प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्धामा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते म्याद थप गर्न अदालत लैजाँदा प्रहरीले दुव्र्यवहार गर्याे भनेर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएकाेमा त्यस्ताे केही नभएको र सम्माजन रुपमा नै अदालतमा उपस्थित गराइएकाे कास्की प्रहरीले अाज विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो ।
कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ईजलाशमा आदरार्थी शब्द प्रयोग नगरेको, ईजलाशमा हतियारसहित प्रहरी प्रवेश गरेको, धम्क्याएको एवम् प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोलकल्पित भ्रमपूर्ण विचारहरु टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
तथ्यहीन, भ्रामक र झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुँदा मुद्दाको अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने भन्दै कास्की प्रहरीले तथ्यमा आधारित रहेरमात्र सूचना प्रवाह गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका लामिछानेको मुद्धा फौजदारी अभियोग अन्तर्गतको भएकाले अनुसन्धानमा फौजदारी न्याय प्रणालीको मूल्य, मान्यतामा रहेर तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको जनाएको छ ।
यसअघि लामिछाने पक्षमा वकालत गर्ने वकीलले उनलाई ईजलाश लैजाँदा भेट्न नदिएको भन्दै सामाजिक सञ्जालमा लाईभ गरेका थिए । जसका कारणले उनका समर्थकहरुले रवि आफैले प्रहरीबाट दुव्र्यवहार भयो भनेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-