काठमाडौं ।।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेकाे छ ।
उक्त विराेध प्रदर्शनमा प्रतिनिधिसभा सदस्य अशोक चौधरीसहित १७ जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौधरीसहित रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, वीरेन्द्र श्रेष्ठ, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास र सबि खड्कालाई पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनले अाफुहरुकाे शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।
पोखरामा एक हप्ता प्रदर्शन गरेको रास्वपाले पछिल्ला दिनमा भने काठमाडौं केन्द्रित कार्यक्रमहरु गरिरहेकाे छ ।
पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेसंगै रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेकाे आरोप लगाउँदै आएको छ ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-