पाेखरा ।।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सक्ने तयारी रहेको छ ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँग जिल्ला सहकारी वकिलकाे कार्यालय कास्कीमा अाज विहान ११ बजेबाट बयान लिइने काम भइरहेकाे छ ।
मंगलबार साढे ८ घण्टासम्म बयान लिदाँ पनि पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जानकारी दिएको छ ।
सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-