पाेखरा ।।
चीनसँग जोडिएको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापनासंगै सञ्चालनमा आएको छ ।
लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको अध्यागम कार्यालय र सशत्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको बुधबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन् ।
गत वर्ष कोरला नाकामा अस्थायी रुपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो ।
पछि झण्डै साढे ६ करोड रुपैयाँको लागतमा नेचुङमा २ तलाको ५५ कोठे बीओपी भवन निर्माण भएको छ ।
कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्थे भने अब कार्यालय सञ्चालनसंगै यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास सरकारले लिएको छ ।
त्यस्तै नाका उद्घाटन गर्न पुगेका गृहमन्त्री लेखकलाई मुस्ताङका ५ वटै स्थानीय तहले ज्ञापन पत्र बुझाएका छन् ।
सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेकाले यो व्यवस्था हटाउन उनीहरुले माग गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-