पश्चिमी वायुको प्रभावसँगै केही ठाउँमा हल्का वर्षाको सम्भावना
  • प्रमुख खबर

पाेखरा ।।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाेले ठूलो वर्षाको सम्भावना नभए पनि पहाडी भेगका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कोशी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना भए पनि देशभर वर्षाको सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेकाे छ।

त्यस्तै तराईमा शीतलहर र बाक्लो हुस्सु कुहिरो तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्