पोखरामा कालो धुवा फाल्ने ११ वटा बस नियन्त्रणमा
  • प्रमुख खबर

पोखरा ।।

जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरामा कालो धुवा फाल्ने ११ वटा बस नियन्त्रणमा लिएको छ ।
सवारी साधनहरुको समयमा नै सर्भिसिङ नगर्ने, सवारी साधनेको जाँचपास नगरेको कारण सवारी साधनबाट कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासोपछि ट्राफिक प्रहरीले अनुगमनपछि सर्भिसिङ समयमा नगर्ने र जाँचपास फेल भएका बस नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले पोखरा महानगर क्षेत्रभित्र चल्ने जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा  सार्वजनिक बसलाई नियन्त्रणमा लिएको हो ।
यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले पोखरा महानगर–४ बिपीचोकमा घुम्ति प्रदुषण अनुगमन गर्दा ३५ मध्ये ३० वटा सवारी साधन मापदण्ड विपरित फेला चलाएको पाएको छ भने थप अनुसन्धान भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्