कास्की/ कास्की जिल्लामा अवस्थित पर्यटकीय गाउँ घान्द्रुकबाट महिलामाथि जबरजस्ती गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल छन् ।
पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर उनीहरुले महिलालाई जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गर्नुका साथै होटल सञ्चालक र कर्मचारीले समेत सम्झाउँदा नमानेर बियरको बोतल र लाठीले प्रहार गर्दै घाइते बनाएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।