गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता
  • प्रमुख खबर

पोखरा ।।

गण्डकी प्रदेशमा कांग्रेस–एमाले संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

५९ बुँदामा सार्वजनिक साझा संकल्प र नीतिगत प्रतिबद्धता भने यसअघिको बजेट एवं नीति तथा कार्यक्रममा समेटिएका बुँदा दोहोरिएका छन् ।

केन्द्रमा कांग्रेस–एमाले बीच सत्तागठबन्धनमा १७ असार मध्यरातमा भएको सहमतिबमोजिम यसअघि प्रमुख प्रतिपक्षी दल रहेको एमाले पनि यतिखेर कांग्रेस नेतृत्वको गण्डकी सरकारमा गएको छ ।

सार्वजनिक साझा संकल्प र नीतिगत प्रतिबद्धतामा नीतिगत एवं संरचनात्मक सुधार गरी सेवाप्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाउने, सार्वजनिक सेवा प्रवाह क्यासलेस, फेसलेस र पेपरलेस बनाउँदै अनलाइन प्रणालीद्वारा उपलब्ध गराउने, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागु गर्ने, प्रदेश समुन्नतिका लागि रुपान्तरणकारी कार्यक्रम तथा आयोजना, रणनीतिक महत्व तथा प्राथमिकता प्राप्त आयोजना, प्रमख हस्तक्षेपकारी योजना, क्रमागत योजनाको समग्र प्रगति तथा महत्वको पुनरावलोकन गर्दै समयमै सम्पन्न गर्न ध्यान दिने लगायत बुँदा समेटिएको छ ।

गण्डकी प्रदेश संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता

संयुक्त सरकारको साझा संकल्प नीतिगत प्रतिवद्धता, गण्डकी प्रदेश pdfpramukhkhabar.com/…

 

तपाईको प्रतिक्रिया दिनुहोस्