पोखरा ।।
पाेखरा १६ मा रहेकाे पर्यटकीय गाउँ कुरेचाैरमा वातावरण एवम् सरसफाई जनचेतना कार्यक्रम आयाेजन गरियाे । साेमबार सामूदायिक भवन प्राङ्गणमा स्वाभिमान टाेल विकास संस्था कुरेचाैरका अध्यक्ष बासुदेव आचार्यकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा पाेखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य प्रमुख अतिथि रहेका थिए भने, वडा सदस्य रामकाजी गुरङ तथा मन्जु नेपाली अतिथिकाे रुपमा उपस्थिति रहे ।
सम्पूर्ण गाउँबासी तथा छिमेकी गाउँ सहितकाे उपस्थिति रहेकाे साे कार्यक्रममा प्रमुख अतिथि आचार्यले डस्विनमा फाेहर सङ्कलन गरेर सफाइ अभियानकाे शुभारम्भ गरिएको थियो । साे अवसरमा सफाइ अभियानलाइ साथ दिदै गाउँदेखि मुल सडक, डाँडाका चाैताराे सम्म सरसफाई गरिएकाे थियाे ।
सरसफाई पछि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि आचार्यले घर छिमेक र गाउँकाे वातावरण सफा गर्न सम्पूर्ण गाउँबासी र यस क्षेत्रका नागरिक एकढिक्काे बनेर निरन्तर लाग्नु पर्ने बताए । आचार्यले गाउँ तथा वरपरकाे वातावरण सफा राख्न यस क्षेत्रमा घुम्न आउने आगन्तुकहरुकाे पनि जिम्बेवार रहेकाे बताउदै आगन्तुकहरुलाई जथाभावी फाेहर नगरिदिनुहुन अनुराेध गरे ।
टेन्जिङ एण्ड डाेल्मा नेपालकाे विशेष सहयाेगमा आयाेजित साे
कार्यक्रममा बाेल्दै वडा सदस्य, मन्जु नेपालीले गाउँकाे वातावरण शुद्ध सफा र मनाेरम रहेकाे बताउँदै वातावरणलाई सदैव स्वच्छ राख्न यस क्षेत्रकै नागरिकहरुकाे मूल भूमिका रहने बताए । त्यस्तै स्वाभीमान टाेल विकास संस्थाका पूर्व अध्यक्ष हाेमनाथ आचार्य, छिमेेकी गाउँ पाेखरा १९ घार्मीका रामप्रसाद पाैडेल लगायतले बाेल्दै सफाइ अभियान सफल पार्न आगन्तुक पर्यटक सहित छिमेकी गाउँ सहितकाे भूमिका रहने कुरामा प्रकाश पारे । कार्यक्रममा पाेखरा महानगर वातावरण महाशाखाका अधिकृत इन्जिनियर निर्मल भण्डारिले प्लाष्टिकले मानवीय जीवन, वातवण प्रदुषण र जैविक धरातलमा पारेकाे असर , प्लाष्टिक प्रयाेगमा न्युनिकरण र व्यवस्थापन पक्षमा प्रशिक्षण दिए । त्यस्तै कार्यक्रममा गाउँबासीलाई टाेल तथा घर घरमा राख्नकाे लागि डसबिन ,कुचाे आदि फाेहर व्यवस्थापनका सामाग्रीहरु वितरण गरिएकाे थियाे ।
स्वास्थ्यकर्मी श्याम सुन्दर आचार्यकाे संयजकत्वमा आयाेजित साे कार्यक्रममा कुलदिप महिला विकास संस्थाका सचिव आरती सुवेदी आचार्यले स्वागत मन्तव्य राखिन् भने कार्यक्रमकाे संचालन स्वाभीमान टाेल विकास संस्थाका सदस्य बाेधराज आचार्यले गरेेकी थिन् ।