नेपाललाई नेदरल्याण्ड्सविरुद्ध १४१ रनको चुनौती, सीताको उत्कृष्ट बलिङ प्रदर्शन
  • प्रमुख खबर

काठमाडौं/ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी महिला टी२०आई श्रृंखलामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध १४१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो। टोलीकी कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन जोडिन् भने हिथर सिगर्सले २६ रन बनाए। फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रनको योगदान दिए।

नेपालका लागि सिता राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिइन्। यो उनको करियरकै उत्कृष्ट बलिङ फिगर हो। त्यस्तै, मनिषा उपाध्यायले २ विकेट हात पार्दा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए।

नेपालले अब यो लक्ष्य पछ्याउँदै जित निकाल्ने प्रयास गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्