धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
साम्पाङले इटहरीस्थित अख्तियार कार्यालयमा दिएको उजुरीमा विश्वकर्माले धरानको खानेपानी आयोजनाका लागि एशियन डेभलपमेन्ट बैंक (ADB) बाट १ अर्ब ५० करोड रुपैयाँको अनुदान तथा ऋण ल्याएको बताए पनि उपमहानगरपालिकाको लेखा विवरणमा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च देखिएको उल्लेख छ।
साम्पाङले बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै, सो रकमको पारदर्शिता नदेखिए कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। अब अख्तियारले यस विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ।