बाल यौन दुर्व्यवहारमा दोषी ठहर मदन राईलाई २.५ वर्ष कैद र १.५ लाख क्षतिपूर्ति
  • प्रमुख खबर

पोखरा/बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले २ वर्ष ६ महिना कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकेको छ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईमाथि नैतिक पतन देखिने गरी कसूर प्रमाणित भएको भन्दै सजाय तोकेको हो। साथै, पीडित बालिकालाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने आदेश पनि अदालतले दिएको छ।

सूचना अधिकारी सुदीप कुमार भट्टराईका अनुसार अदालतले दोष प्रमाणित भएपछि कानुनी दायराभित्र रहेर कडा सजाय सुनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्