स्पाइरल ग्यालेक्सी एकेडेमीमा पुरस्कार वितरण, सम्मान तथा SEE २०८१ शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न
  • सन्तोष पराजुली

पोखरा/स्पाइरल ग्यालेक्सी एकेडेमी माध्यमिक विद्यालय, पोखरा-१, सिम्पानीमा पुरस्कार वितरण, सम्मान तथा SEE  २०८१ समूहका विद्यार्थीहरूलाई शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका संस्थापक सह-प्राचार्य श्री प्रेम शर्मा तिमिल्सिनाको अध्यक्षता तथा संस्थापक निर्देशक श्री अर्जुन प्रसाद चपाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा कक्षा १ देखि ९ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। खेलकुदतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरियो। साथै, १० वर्षभन्दा बढी अध्यापन गराउने शिक्षिका मीना गुरुङ, गङ्गा थापा, र पुनम श्रेष्ठलाई दीर्घसेवा पुरस्कार प्रदान गर्दै सम्मानपत्र, माला र दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।

यस अवसरमा कक्षा ९ का विद्यार्थीहरूले SEE २०८१ समूहका दाजु-दीदीहरूलाई सफलताको शुभकामना अर्पण गर्दै मायाको चिनो आदान-प्रदान गरेका थिए। विविध सांस्कृतिक कार्यक्रमले कार्यक्रमको वातावरण झनै उल्लासमय बनाएको थियो।

कार्यक्रमका क्रममा विद्यालयका संस्थापक निर्देशक अर्जुन प्रसाद चपाईले आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति तथा पुरस्कारको घोषणा गर्नुभयो। SEE परीक्षामा 4 GPA ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ राशिको “स्पाइरल रत्न” पुरस्कार प्रदान गरिनेछ भने 3.9 GPA भन्दा बढी ल्याउनेलाई पचास हजार रुपैयाँ दिइनेछ। त्यस्तै, BLE परीक्षामा 4 GPA ल्याउने विद्यार्थीलाई पच्चीस हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा Academic Dean प्रकाश भण्डारीले गर्नुभएको थियो। यस भव्य समारोहले विद्यार्थीहरूलाई शैक्षिक तथा व्यक्तिगत उत्कृष्टता हासिल गर्न थप प्रेरित गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्