स्थानीय बजारमा सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्यो
  • प्रमुख खबर

पोखरा/ नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदी सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ, जबकि चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च देखिएको छ। हाल सुन प्रतिऔँस २ हजार ९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्