पाेखरा ।।
पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने तय भएको
ऐतिहासिक श्री गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको स्थान परिवर्तन भएको छ ।
मानव सेवा फाउन्डेसनको आयोजनामा २०८१ चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म बाराहीघाटमा हुने भनिएकाे उक्त काेटिहाेमकाे स्थान परिवर्तन भएकाे हाे ।
अब साे काेटिहाेम पोखरा-१७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानीयहरुको जमीनमा हुने अायाेजकले जनाएको छ ।
अायाेजकले बाराहिघाटमा उक्त काेटिहाेम गर्नकाे लागि नेपाल ट्रष्टलाई जग्गाकाे भाडा समेत दिइसकेकाे थियाे । तर गत फागुन २३ गते बाराहीघाट क्षेत्रमा कोटिहोमको लागि भूमी पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षबिच झडपको स्थिती सिर्जना भएको थियो ।
त्यसपश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रमुख , पोखरा महानगरपालिकाकी उपप्रमुख ,वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु , पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विश्व हिन्दु महासंघका प्रतिनिधी, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।
उक्त समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वडा नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति) को स्वामित्वमा रहेको जमिन तथा आसपासका स्थानीयको जमीन भाडामा लिएर सञ्चालन हुने भएको छ ।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञका लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि आयोजक मानव सेवा फाउण्डेशन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।
पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा-१७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिए पश्चात अहिले कोटिहोम महायज्ञको आयोजक संस्था महायज्ञको तयारीमा जुटिसकेको छ ।
आइतबार महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधिहरु, स्थानिय संघसस्थाका प्रतिनिधिहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए ।त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।
यस्तै सबैभन्दा महत्त्वपूर्ण विषय स्थान परिवर्तन हुनुभन्दा अघि काेटिहाेम गर्ने भनिएकाे स्थान बाराहिघाटमा विभिन्न प्रकारका कार्यक्रमहरु अायाेजना हुँदै अाइरहेकाे थियाे । त्यस समय महानगरले कुनैपनि कार्यक्रम सञ्चालनका लागि राेक लगाएकाे थिएन । तर पछिल्लो समय काेटिहाेम भूमि पुजन कार्यमा महानगर र फाउण्डेशनबिचकाे झडपले गर्दा अहिले महानगरले साे स्थानमा कार्यक्रम सञ्चालनकाे लागि स्वीकृत दिन पनि अलि कडाइ गरेकाे छ ।
उक्त क्षेत्र पर्यटकीय गन्तव्यसंगै सिमसार क्षेत्र भएकोले वातावरणीय प्रभावकाे दृष्टिले साे क्षेत्रमा काेटिहाेम गर्न नमिल्ले महानगरले बताएको थियाे ।
महानगरले बाराहिघाटलाई सिमसार क्षेत्र भनिरहँदा केही जानकारहरुले वास्तविक सिमसार क्षेत्र पामेकाे फाँट भएको जहाँ यसै वर्षकाे पुस १४ देखि १८ गतेसम्म बेलुन फेष्टिबल भएको बताएका छन् । ती जानकारका अनुसार महानगरकाे ध्यान साे स्थानतर्फ पनि जान अति महत्त्वपूर्ण भएको जानकारी दिएका छन् ।