कुलमान समर्थकको प्रदर्शनमा समातिएका अमेरिकी नागरिक अध्यागमनलाई बुझाइँदै
  • प्रमुख खबर

काठमाडौं / कुलमान घिसिङको बर्खास्तीविरुद्ध भएको प्रदर्शनमा सहभागी भएका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागलाई बुझाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा पठाउन लागिएको छ। माइतीघरमा भएको प्रदर्शनमा उनी राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्