त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवासी युवासँग दुर्व्यवहारः तीन प्रहरी निलम्बित, छानबिन जारी
  • प्रमुख खबर

काठमाडौँ/  विदेशबाट छोटो बिदामा स्वदेश फर्किएका एक नेपाली युवासँग दुर्व्यवहार गरेका तीन जना सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार विमानस्थलमा खटिएका ती तीन प्रहरीलाई तत्काल हटाई काठमाडौंमा झिकाएर छानबिन थालिएको हो।

मोरङका सञ्जय ओझा ३१ चैतमा दुबईबाट काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन र भन्सार प्रक्रियाबाट बाहिरिएपछि विवादमा तानिएका थिए। ट्रली लिने विषयमा एक व्यक्तिसँगको सामान्य भनाभनपछि उनले प्रहरीको सहयोग माग्दा उल्टै प्रहरीबाटै दुर्व्यवहार भएको उनको गुनासो छ।

घटना सार्वजनिक भएपछि ओझाले टिकटकमार्फत प्रहरीको व्यवहारको विरोध गर्दै भिडियो सार्वजनिक गरेका थिए, जसले सामाजिक सञ्जालमा व्यापक ध्यान खिचेको थियो।

प्रहरी प्रशासनले तत्काल कारबाही गर्दै छानबिन अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्