काठ्माण्डाैं ।।
सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार विहान ११ बजेर ५३ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
वि.सं २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियाे ।
उक्त विनाशकारी भूकम्प गएको आज १० वर्ष पूरा भएको छ तर पनि स-साना भूकम्पको धक्का भने महसूस हुँदै आइरहेकाे छ ।