सहकारी पीडितहरूले गरे माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले
अर्धनग्न प्रदर्शन गरेका छन् । आफ्नाे बचत रकम फिर्ता नभएपछि उनीहरुले साेमबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफूहरूको आन्दोलन रहर नभएर बाध्यता भएको र आफुहरुकाे धैर्यतालाई कमजोरी नठान् भन्दै सरकार विरुद्ध नारा लगाएका छन् ।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ताहरु लामाे समयदेखि सडक आन्दोलनमा छन् ।

सरकारले सहकारीकाे रकम ठगिमा त्यस्ता केही व्यक्तिहरुलाई पक्राउ गरेर मुद्दा समेत चलाएकाे छ । तर पनि बचतकर्ताहरुकाे रकम भने फिर्ता हुन सकेकाे छैन ।

आन्दोलनरत सहकारी पिडितहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता दिन माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्