लायन्स डिस्ट्रिक्ट ३२५ आइ नेपाल,रिजन ३ द्वारा श्रष्टा सम्मान लगयतका कार्यक्रम सप्पन्न
  • सन्तोष पराजुली

पोखरा / लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गत रिजन ३ को आयोजनामा दुईजना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ। शिक्षाविद् जर्ज जोन र साहित्यकार तथा समाजसेवी पिताम्बर नेपालीलाई विशेष सम्मान प्रदान गरिएको हो।

कार्यक्रम जोन ६ का जोन चियरपर्सन केशी माया नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर बिनोद ढुगाना, निवर्तमान डिस्ट्रिक्ट गर्भनर चन्द्रकुमार के.सी., तथा लायन्स क्लब महालक्ष्मीका अध्यक्ष लक्ष्मण आचार्य लगायत विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मानित व्यक्तिहरूको जीवन परिचय पुष्प बाटिकाका अध्यक्ष भीम न्यौपाने र आदर्श चौतारीका अध्यक्ष सूर्यप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए।

त्यसैगरी, रिजन ३ का रिजन चियरपर्सन ज्ञान बहादुर रानाले उत्कृष्ट कार्य सम्पादन गर्ने क्लबहरू तथा क्लब पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै क्लस्टर प्रमुख भावना बसेल, डिस्ट्रिक्ट को-ऑर्डिनेटर मणि डुम्रेसहित अन्य विशिष्ट व्यक्तिहरूलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।

कार्यक्रममा जोन ५ का जोन चियरपर्सन दामोदर आचार्य र जोन ६ की केशी माया नेपालीले आफ्ना मातहत क्लबहरूद्वारा सम्पादित कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा पेङुइन क्लबका अध्यक्ष शिव पौडेलले स्वागत मन्तव्य दिएका थिए भने रिजन चियरपर्सन ज्ञान बहादुर रानाले धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रमको संचालन दामोदर आचार्यले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्