दैलेख ।।
दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङ्ग लागेर घाइते हुनुभएकी दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।














