पाेखरा ।।
पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई पोखरा महानगरपालिकामा कार्यरत क्रियाशील कर्मचारी संगठनले
कर्मचारी कुटेकाे आराेपमा तत्काल कार्वाही गर्न माग गरेकाे छ ।
उनीहरुले बुधबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न माग गरेका हुन् ।
उक्त जारी विज्ञप्तिमा वैशाख २३ गते मंगलबार बिहान करिब ११ बजेर ४५ मिनेटको समयमा महानगरपालिका अन्तर्गत प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोख्ररेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेको घटनाप्रति घोर भत्र्सना गर्दछाै भनिएकाे छ ।
वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत पोख्ररेलमाथि कार्यकक्षमा हातपात गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनामा संलग्न वडाध्यक्षलाई २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न कर्मचारी संगठनले माग गरेका छन् । अन्यथा महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने कर्मचारी संगठनले चेतावनी दिएको छ ।
यस्तै वडाध्यक्ष पराजुलीले हिजै पराजुली मार्गका कस्मेटिक व्यवसाय सञ्चालक गर्दै आएका लेखनाथ सुवेदी माथि पनि हातपात गरेका थिए ।
पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय समेत घेराउ गरेका थिए ।











