नायिका विपना थापा र श्रीमान् आशुतोषबीच लफडा : डिप्रेसनको विरामी कि फेसबुक ह्याक?!
  • प्रमुख खबर

पोखरा/ केही दिनयता अभिनेत्री विपना थापा र उनका श्रीमान् आशुतोष भारद्धाजबीचको सम्बन्धमा तनाव देखिँदै आएको छ। सामाजिक सञ्जालमा आशुतोषले पत्नी विपनासँगको सम्बन्ध टुटेको भन्दै पोष्ट गरेपछि विवाद चुलिएको हो।

पोष्ट बाहिरिएसँगै आशुतोषले आफ्नो फेसबुक ह्याक भएको दाबी गर्दै सबैसँग माफी मागेका छन्। उनले फेसबुकमार्फत लेखेका छन्, “मेरी आइडी पर आई पोस्ट के लिए सभी से क्षमा माँगता हुँ।”

यता, विपना थापाले सामाजिक सञ्जालमा लाइभ आएर श्रीमान डिप्रेशनको समस्याबाट ग्रस्त रहेको र औषधि सेवन गरिरहेको जनाएकी थिइन्। साथै, उनले श्रीमानको रक्सी खाने बानीसमेत खुलासा गरेकी छन्।

तर पछिल्लो घटनाक्रमले स्थिति अझै अस्पष्ट बनाएको छ। विपनाको आरोप अनुसार श्रीमान डिप्रेशनमा छन् भने, आशुतोषले भने यो कुरा अस्वीकार गरेका छन्।

यसरी, दुवैको बयान फरकफरक हुँदा कसले सत्य बोलेको हो भन्ने प्रष्ट हुन सकेको छैन। अभिनेत्रीको भनाइ साँचो हो वा राजनीतिज्ञ बनेका श्रीमान् आशुतोषको, त्यसबारे दर्शक र समाज अन्योलमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्