मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने
  • प्रमुख खबर

काठ्माण्डौ ।।

सोमबार सार्वजनिक बिदाका कारण बस्न नसकेको मन्त्रिपरिषद्को नियमित बैठक बुधबार(आज) बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।

यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि सदस्य पद खाली छ । उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्