प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबार (आज) बसेकाे बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्दै सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हाे ।

बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरेको छ ।

राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको हाे ।

त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव गरेका थिए ।

अब ती विधेयकहरू प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफल हुनेछन्।

सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्