अनधिकृत पत्र लेखेपछि पक्राउ परेका महिमानसिंहलाई धरौटीमा रिहा गर्न आदेश
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।

प्रहरीले उनी विरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्