काठ्माण्डाैं ।।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
दुवै आयोगका अध्यक्षहरूलाई साेमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
त्यस्तै प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई सपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पनि पद तथा गोपनीयताका सपथ ग्रहरण गराएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौलासँगै सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य रहेकी छन् ।
यस्तै सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापासँगै सदस्यमा अचुत प्रसाद भण्डारी, डा.टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहेका छन् ।
यही जेठ १ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो ।












