पोखरा ।।
पोखरा जेसीजद्वारा आयोजित “जेसीज सप्ताहन्त २०२५”
भव्य रूपमा सम्पन्न भएको छ। यही जेठ ३ देखि ६ गतेसम्म विभिन्न कार्यक्रम गरी सो सप्ताहन्त कार्यक्रम सम्पन्न भएको हो । पोखरा जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा जेसीज सप्ताहन्त २०२५ अन्तर्गतको मुख्य तथा अन्तिम कार्यक्रममा “आर्थिक विकास: समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौती” विषयमा गहन अन्तरक्रिया कार्यक्रम भएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा प्यानलिस्टका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराई तथा राष्ट्रिय योजना आयोग नेपालका उपाध्यक्ष डा. शिवराज अधिकारीको उपस्थित थियो । कार्यक्रमको सहजकर्ताका रूपमा सुजन रेग्मीले गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक जेसी सन्जय कुमार शर्माले राखेका थिए ।
करिब दुई घण्टा चलेको सो अन्तरक्रिया कार्यक्रमपछि “जेसीज सप्ताहन्त २०२५” को समापन गरिएको थियो । प्रमुख अतिथि गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद पाठक र पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराईको विशेष उपस्थितिमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य जेसी किरण आचार्यले राखेका थिए। त्यस्तै मुख्य संयोजक पोखरा जेसीज वर्ष २०२५ कार्यकारिणी उपाध्यक्ष जेसी कपिल पौडेलले सप्ताहन्तको पहिलो दिन माछापुच्छ्रे गाउँपालिका-६ मा निःशुल्क आँखा शिविर, दोस्रो दिन पोखरा महानगरपालिका-१७ मा निर्णय पुस्तिका लेखन तथा वित्तीय साक्षरता तालिम, तेस्रो दिन अन्नपूर्ण गाउँपालिका सल्यानस्थित प्रगतिशील माविमा शैक्षिक सामग्री तथा पोशाक वितरण, चौथो दिन प्यानल अन्तरक्रिया तथा समापन समारोह सहित सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै धन्यवाद ज्ञापन गरे।
सो समारोहमा पोखरा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स पोखराका व्यवसायिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, छिमेकी शाखाका अध्यक्ष तथा कार्यसमिति सदस्यहरू, पोखरा जेसीजका पूर्व अध्यक्षहरू, जेसीज सदस्यहरू, स्थानीय संघ-संस्थाका पदाधिकारीहरू तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यस्तै कार्यक्रम सञ्चालन पोखरा जेसीज वर्ष २०२५ का महासचिव जेसी रबिन पौडेलले गरेका थिए।