राष्ट्रिय युवा संघ नेपाल दशौं राष्ट्रिय महाधिवेशन क्षितिज थेबे बिजयी
  • प्रमुख खबर

पोखरा ।।

राष्ट्रिय युवा संघ नेपाल दशौं राष्ट्रिय महाधिवेशन क्षितिज थेबे नेतृत्वको प्यानलले बहुमतसहित विजय हासिल गरेको छ।
हालै सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्ष पदमा थेबेले ७९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाए।उनले १८८ मतान्तरले विजयी भएको हो ।

महासचिव पदमा महेश चौलागाईं ७५५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धीले ६४९ मत प्राप्त गरे।
महाधिवेशनमा पदाधिकारी र सदस्यहरू गरी कुल ३९९ जनाको उम्मेदवारी परेको थियो। ९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। साथै, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी थप १२ पदका लागि पनि निर्वाचन भएको थियो।

नव निर्वाचित नेतृत्वले युवा संघको संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ। कुल १ हजार ७६४ जना मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ जनाले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्