इन्धनको मूल्य फेरि बढ्यो, उपभोक्ता थप मारमा
  • प्रमुख खबर

पोखरा//

नेपाल आयल निगमले डिजेल, मट्टीतेल र पेट्रोलको खुद्रा बिक्री मूल्य फेरि बढाएको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मध्यरातदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो।

नयाँ मूल्य अनुसार मट्टीतेल र डिजलमा प्रतिलिटर रु ४ र पेट्रोलमा रु ५ ले मूल्य वृद्धि गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै समायोजन गरिएको बताएको छ। लगातारको मूल्यवृद्धिले उपभोक्ताहरूमा निराशा र आक्रोश देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्