बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
  • प्रमुख खबर

काठमाडौं ।।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय हुने भएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले हसिनालाई ६ महिनाको जेल सजाय सुनाएको हो।

आईसीटीले उनलाई अदालतको अवहेलना मुद्दामा जेल सजाय सुनाएको अन्तराष्ट्रिय सञ्चारमध्यमले जनाएको छ।

उनलाई सुनाइएको यो सजाय हसिनाले बङ्गलादेशको प्रधानमन्त्री पदबाट आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले वा उनलाई पक्राउ गरेको दिनदेखि लागू हुने सञ्चारमध्यमले जनाएको छ।

बङ्गलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि उनलाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्