जथाभावी फोहोर फाल्नेले दण्डस्वरूप तिरे रु. ४०००
  • प्रमुख खबर

पोखरा//

पोखरा महानगरपालिका वडा नं. ११ स्थित गण्डकी अस्पताल पछाडि सार्वजनिक स्थानमा फोहोर फालेको आरोपमा एक व्यक्तिमाथि नगद जरिवाना गरिएको छ।

स्थायी रूपमा लमजुङको बेशिसहर नगरपालिका–४ का बासिन्दा, हाल पोखरा नयाँबजार बस्ने सन्तबहादुर गुरुङले सार्वजनिक स्थानमा फोहोर फालेको तथ्य सिसी क्यामेराबाट पुष्टि भएपछि स्थानीय सरकार ऐन २०७४ बमोजिम पहिलोपटकका लागि उनलाई नगद ४,००० रुपैयाँ जरिवाना गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।

गत शनिबार (२०८२ असार २८ गते) साँझ ५:४९ बजे पोखरा महानगरपालिका वडा नं. ११ स्थित तुलसी मार्ग (गण्डकी अस्पताल पछाडिको क्षेत्र) मा उनले सार्वजनिक स्थानमा फोहोर फालेको स्पष्ट रूपमा त्यहाँ जडान गरिएको सिसी क्यामेरामा कैद भएको थियो।

महानगरले सार्वजनिक सरसफाइमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गर्दै, यस्ता कार्य दोहोरिएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्