जडिबुटी दिवसमा सदा शिद्धेश्वर मन्दिर परिसरमा रोपिए महत्पूर्ण बिरुवा
  • प्रमुख खबर

श्रावण १८ गते, सोमबार
पोखरा ।। विश्व जडिबुटी दिवस २०२५ तथा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री महाराजको शुभ जन्मोत्सव विशेष कार्यक्रमको आयोजना गरी पोखरामा मनाइएको छ।

युवा नेपाल समिति कास्कीको आयोजनामा पोखरा-१७, ढुङ्गेसाँघु, सीतापाइला स्थित सदा शिद्धेश्वर हरिहर मन्दिर महत गौंडामा आयोजना गरिएको कार्यक्रममा जडिबुटी संरक्षण र प्रवद्र्धनको उद्देश्यले विभिन्न १५ देखि १६ प्रजातीका महत्पूर्ण बिरुवाहरु रोपिएको कार्यक्रम संयोजक सरु के.सी.ले जानकारी दिइन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले रोपिएका बिरुवाहरू आयुर्वेद र जडीबुटी चिकित्सा पद्धतिमा अत्यन्तै महत्वपूर्ण औषधीय वनस्पतिहरू भएको बताए ।

ती बिरुवाहरूको प्रयोग विषेशगरी विभिन्न रोगको उपचार, रोगप्रतिरोधात्मक क्षमता वृद्धि तथा प्राकृतिक उपचारमा प्रयोग हुँदै आएको समेत उनले बताए।

उक्त कार्यक्रममा राज वृक्ष, निम, वेल, हर्रो, कडीपत्ता, पारिजात, कपुर, अमला, अम्बा, गुलमोहर लगायतका बिरुवाहरू रोपण गरिएको छ ।

वृक्षारोपण गरिएका ती जडिबुटीका बिरुवाहरू कार्यक्रमका विशेष अतिथि यज्ञ पंगेनीले हस्तान्तरण गरेका थिए ।

उनले सो बिरुवा हस्तान्तरण गर्दै यी रोपिएका बिरुवाहरू औषधीय दृष्टिकोणबाट अति नै महत्वपूर्ण रहेको बताउँदै आयुर्वेद, सिद्ध, युनानी, र प्राकृतिक उपचार पद्धतिमा यिनको प्रयोग सदियौँदेखि हुँदै आएको जानकारी दिए।

यी सबै बिरुवाहरूले रोग निवारण मात्र होइन, निवारक चिकित्साका रूपमा पनि उत्तिकै उपयोगी भएको बताए।

पतंजलि योगपीठ, पतंजलि योग समिति, महिला पतंजलि योग समितिले सहयोग गरेको कार्यक्रममा संजिव कार्की, सिता काफ्ले, उमा दाहाल, यज्ञ पंगेनी , युवा नेपाल समितीका सदस्य उमा पौडेल, ढुङ्गेसाँधु सितापाइला आमा समूहका पूर्व अध्यक्ष सिता काफ्ले, वर्तमान अध्यक्ष भुना मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सोचना मल्ल सेनले गरेकी थिइन्।

कार्यक्रममा वृक्षारोपणसँगै हवन पनि गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्