श्रावण २९, पोखरा ।।
जब हरेक वर्षको असार महिना सकिन्छ, श्रावणको सुरुवात भएसँगै देशभरका वडा कार्यालय अथवा गाउँपालिकाहरूमा भिडभाड देखिने गर्छ। तब यहाँका कर्मचारीहरू पनि निकै व्यस्त देखिन्छन् ।
तस्बिर – स्थानीय वासीलाई गाउँमा नै स्वास्थ जाँचदै स्वास्थ्यकर्मी ।।
वर्षमा कहिलेकाहीँ वडामा बृद्धअबश्थाका आमाबुवा,दाजुभाई, दिदीबहिनीहरुलाई देख्दा रमाइलो पनि हुने गर्छ। हो यसै वर्षको असार महिना सकिएर श्रावण सुरुवाती हुँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २० स्थित साविक मौजा को स्वास्थ्य चौकीमा भिन्दै भिडभाड देखियो ।
“हिजो वडा बासीका केही सामान्य गुनासाहरु आउँथे, आर्थिक पाटो कमी हुने र भनेजस्तो काम देखाउन नसक्दा कहिलेकाहीँ जनताहरूबाट पनि तिरस्कार हुनु पर्ने रहेछ ।”
त्यहाँको अवस्था हेर्दा वार्ड नं २० कार्यालय हरेक वर्ष सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण गर्दै आएको कार्यक्रम यहाँ राखिएको रहेछ । हामीले वडा नम्बर २० का वडा अध्यक्ष गंगाबहादुर के. सीलाई प्रश्न गर्यौ।
वडा कार्यालयमा भत्ता कार्ड नबिकरण गर्न मिल्दैन र ?
केसी भन्छन् मौजा बासीहरू केही उमेरले नेटो काटिसकेका र वडा कार्यालयसम्म आउन पनि गाह्रो भएको हुँदा हामीले वडा कार्यालयमा हुने कार्य साबिक मौजाको स्वास्थ्य चौकी लगाएत टोल टोलमा गई १०२ जनाको स्वास्थ्य र भत्ता कार्ड नबिकरण गर्ने व्यवस्था गरेका छौं। भने गाउँ देखि बजार झरेकालाई सहज बनाउन पो. न. पा. वडा नं. १३ को बाझापाटन तमु सामज घरबाट ९३ जनालाई सेवा दिएका छौ । केसी थप्दै भन्छन् कार्ड नबिकरण मात्र होइन हामीले हाम्रो वडामा भएका कृषि कार्यक्रमहरु के कति भए भनेर तथ्याङ्कहरु पनि निकाल्न आज शिविर चलाएका छौं । त्यससँगै मौजा बासीहरूमा स्वास्थ्य शिविर चलाई सुगर र प्रेसर पनि चेकजाँच गर्ने प्रबन्धन मिलाएका छौं।
के तपाईँ वडा अध्यक्ष भएसँगै गाउँको मुहार फेरिएको छ, अथवा गाउँलेबासीहरू तपाईँदेखि खुसी भएका छन् ?
केसी भन्छन् मैले सकेसम्मको गाउँले बासीलाई खुसी बनाउने प्रयास गरेको छु । भौगोलिक हिसाबले अरु वडाभन्दा एउटा निकै नै कठिन अवस्थामा छ । गाउँ भिरपाखा प्रशस्त रहेका छन् । बाटोघाटो जब बनाइन्छ, त्यसपछि बर्खा लाग्छ फेरी माथिबाट पहिरो आउँछ, अनि बिग्रन्छ। यस्तै भइराखेको छ। तर पनि मैले सकेसम्मको गाउँले बासीलाई सहज बनाउने प्रयास गरिराखेको छु।
वडाबाट पाउने सेवा सुविधाहरू सबैलाई सहज रुपले उपलब्ध गराउनु भएको छ ?
अध्यक्ष मुस्कुराउँदै भन्छन् खै मैले त गरेजस्तो लाग्छ । अब मेरो मूल्याङ्कन वडावासीले गरेका छन् होला ।
वडा अध्यक्ष हुँदाको सुरुका पल र अहिलेसम्म आउँदा आफूलाई कसरी हेर्नुभएको छ ?
केसी भन्छन् म पहिला पनि सामाजिक कार्यमा तल्लिन भएर लागेको व्यक्ति हुँ र अहिले वडा अध्यक्ष हुँदा पनि त्यही सामाजिक कार्य नै गरिराखेको छु। हो हिजो वडा बासीका केही सामान्य गुनासाहरु आउँथे भने वडा अध्यक्ष भइसकेपछि गुनासो सँगै समाधान त्यससँगै समाजसँग जोडिएका हरेक सकारात्मक र नकारात्मक कुरालाई मध्यनजर गर्दै वडालाई बाटोघाटो बिजुली पानी लगायत विविध कुराहरूबाट सम्पन्न गर्नतर्फ आफू लागेको र सदैव सामाजिक कार्यमा लागिरहने बताउँछन् ।
यस क्रमसँगै केसी फेरि गुनासो गर्छन् कतिपय कुराहरू आफूले गर्छु भनेका सपनामै बिलिन हुन्छन् । किनकि आर्थिक पाटो कमी हुने र भनेजस्तो काम देखाउन नसक्दा कहिलेकाहीँ जनताहरूबाट पनि तिरस्कार हुनु पर्ने रहेछ, वडा अध्यक्ष भइरहँदा सकेसम्म सबैको भलो चाहँदा चाहँदै पनि कहिलेकाहीँ खै कताबाट पछाडि पर्ने रहेछ हुन त सामाजिक कार्य गर्ने सबै ले जस पाउन गाह्रो नै छ। तर पनि मन वचन र कर्मले सदैव जनताप्रति नै अगाडि बढिरहेको छु र बढ्ने छु केसी भन्छन् ।