श्रावण १ गते, भाद्र
काठमाडौं ।। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
आइतबार(आज) बिहान काठमाडौं आइपुगेका मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
उनी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।
सचिव मिश्रीले आफ्नो भ्रमणका क्रममा आजै उच्च तहका सबै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय भएको जानकारी दिएका छन्।
विषेशगरी यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीको लागि मिश्री काठमाडौं आएका हुन् ।











