आगजनीका बाबजुद पनि सर्वोच्चले बन्दी निवेदनको सुनुवाइ सुरु भदौ २९ बाट गर्ने
  • प्रमुख खबर

भाद्र २६, काठमाडौं ।।
सर्वोच्च अदालतले आगामी भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा पुनः सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ।

बिहीबार(आज) बसेको आकस्मिक पूर्ण बैठकले हाल उत्पन्न परिस्थितिबीच पनि बन्दीको हकसम्बन्धी मुद्दा सुन्ने तयारी मिलाएको हो।

जेनजी प्रदर्शनकारीहरूले भदौ २४ गते सर्वोच्च अदालत परिसरमा आगजनी गरेपछि नियमित सुनुवाइ दिन दिनदेखि अवरुद्ध भइरहेको छ ।

उक्त घटनामा न्यायिक इतिहाससँग सम्बन्धित केही महत्त्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए पनि, संविधानले तोकेको दायित्व निर्वाह गर्न अदालत कटिबद्ध रहेको विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्